तीव्र गतिमा रहेको अटो दुर्घटना हुँदा अछाममा २ जनाको मृत्यु, ४ जना घाइते

धनगढी । तीव्र गतिमा रहेको अटो दुर्घटना हुँदा अछाममा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका–४ तोल्केखालमा बुधबार सुपप्र ०१००१ह ५५४५ नम्बरको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका अटो चालक पञ्चदेवलकै २३ वर्षीय दिपक बोहरा र अटोमा सवार २६ वर्षीय जनक खड्काको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परी अटोमा सवार पञ्चदेवलकै २१ बिरेन्द्र बिष्ट, २३ वर्षीय लक्ष्मण थापा, देवेन्द्र बिष्ट र दिनेश साउँद घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...