काठमाडौं । अछाममा हत्या गरेर काठमाडौंमा लुकेकी ३० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
अछाममा १८ वर्षीय किशोरको हत्या भएको घटनामा संलग्न रही फरार रहेकी अछामको पञ्चदेवल विनायक नगरपालिका–८ की ३० वर्षीया लक्ष्मी सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको गत कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको छ ।
पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।