नाउपाको निर्देशन – पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेर भूकम्प पीडितको उद्धारमा जुट्नू

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेर भूकम्प पीडितको उद्धारका लागि खट्न देशभरका कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावित नागरिकहरूको उद्धार गर्दै सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने तथा उपचार र राहतको कार्यमा सक्रियता साथ सामेल हुन कार्यकर्तालाई निर्देशन दिइन् ।

‘भूकम्पबाट प्रभावित नागरिकहरूलाई तत्कालै सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न, युद्ध स्तरमा उद्धारको कार्य गर्न, घाइतेहरूको उपचार र राहतको कार्यमा सक्रियता साथ सामेल हुन, पार्टीद्वारा पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना नआउञ्जेलसम्म तत्काल स्थगित गर्न नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेशको सदस्यहरू लगायत देशभरका सम्पूर्ण पार्टी पंक्तिका नेता, कार्यकर्तालाई सहयोगमा जुट्न यसै विज्ञप्तिमार्फत निर्देशन दिन चाहन्छु,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
Loading...