महेन्द्रनगर । इँटा व्यवसायीले बैंक तथा वित्तीय संस्थामा समयमै कर्जाको किस्ता बुझाउन नसक्दा उठीबास हुने अवस्था आएको गुनासो गरेका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै महाकाली इँटा उद्योग व्यवसायी संघका प्रतिनिधिले सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी नगर्दाको असर इँटा उद्योगमा परेको जनाएका छन् ।
अध्यक्ष कृष्णबहादुर तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कर्जाको किस्ता बुझाउने समय २०८२ असारसम्म कायम गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझाउँदा इँटा व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष बलदेवसिंह बुडाल लगायत प्रतिनिधिको उपस्थिति थियो ।
ज्ञापनपत्रमा उल्लेख छ, ‘ऋण उपलब्ध गराउने वित्तीय संस्थाहरूले इँटा उद्योगीहरूले लिएको ऋणको किस्ता र ब्याज बुझाउन ताकेता गर्दा भाकाभित्र सावा र व्याजको किस्ता बुझाउन नसक्दा धितो सुरक्षण बापत दिएको जेथामान (घरजग्गा) लिलाम बिक्रीको प्रक्रियालाई अगाडि बढाउँदै उद्योगीहरूको उठीबास गराउने काम भइरहेको छ ।’
यस्तो छ ज्ञापनपत्र –