आजदेखि कतिमा पाइनेछ पेट्रोलियम पदार्थ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आजदेखि महंगो भएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ ।

एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढेको निगमले जनाएको छ । बुधबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः ४.५३ र २.३२ रुपैयाँले बढेर आएको छ । एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँ ७८ पैसा बढेर आएको जनाइएको छ ।

भारतबाट बढेर आएको मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल र डिजेल तथा मट्टितेलमा क्रमशः ४ र २ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १७० रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ भने ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस् नयाँ मूल्य विवरण –

सम्बन्धित
Loading...