कञ्चनपुर घर भएका प्रहरी जवानको बारामा मोटरसाइकल दुर्घटनामा मृत्यु

धनगढी । मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए ।

आज शनिबार बिहान ७ः३० बजे निजगढ नगरपालिका–८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा ड्युटीको सिलसिलामा मोटरसाइकल दुर्घटनामा आकाशको मृत्यु भएको छ ।

आकाशले चलाएको ज१२प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकोमा उपचारका क्रममा दिउँसो १२ः१५ बजे मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

सम्बन्धित
Loading...