काठमाडौं । योग, प्राकृतिक चिकित्सा तथा आयुर्वेद विषयको शिक्षा अध्ययन, अध्यापन र अनुसन्धान कार्यको शुरूआत गर्न सुदूरपश्चिम विश्वविद्यालयको ध्यानाकर्षण गराइएको छ ।
योगाचार्यत्रय हिरा चन्द, सुरेन्द्रराज ओझा र गणेशदत्त भट्टले संयुक्त रुपमा बिहीबार विश्वविद्यालयका उपकूलपति प्रा.डा. अम्मराज जोशी र मानविकी तथा समाजशास्त्र संकायका डीन प्रा.डा. मुकुन्द कलौनीलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको छ ।
विश्वविद्यालयमा योग, प्राकृतिक चिकित्सा तथा आयुर्वेद विषयमा अध्ययन, अध्यापन र अनुसन्धान कार्यको शुरूवात गर्न ध्यानाकर्षणपत्र बुझाइएको योगाचार्य सुरेन्द्रराज ओझाले जानकारी दिनुभयो । ‘यस सम्बन्धमा उहाँहरूको निकै सकारात्मक प्रतिक्रिया पाइयो,’ उहाँले भन्नुभयो, ‘सुपविमा चाँडै योग शिक्षा कार्यक्रम लागू हुनेमा हामी विश्वस्त छौं ।’
यस्तो छ ध्यानाकर्षण पत्र –