धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रदेश कमिटी अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी निर्वाचित भएका छन् । उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत बाेहराले उम्मेदवारी फिर्ता लिएपछि जैशी सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्वाचित भएका छन् भने सचिवमा कैलालीका रणबहादुर चन्द निर्वाचित भएका छन् ।
उपसचिव महिलामा कैलालीकी भागरथी विष्ट तिमिल्सेना र उपसचिवमा कञ्चनपुरका नरबहादुर विश्वकर्मा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
प्रदेश कमिटी सदस्यहरूमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको एमाले नेताहरूले जनाएका छन् ।