पर्सिदेखि दशैंका लागि टिकट बुकिङ खुल्दै

काठमाडौं । दशैंका लागि पर्सि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पुरानै भाडा कायम गरेर दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको जानकारी दिए ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आए पनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुला गर्न सहमति जनाएका छन् ।

सम्बन्धित
Loading...