दशैंमा घर जान आजदेखि टिकट काट्न पाइने

काठमाडौं । राजधानी काठमाडौंबाट दशैंका लागि घर जान चाहने व्यक्तिहरूले आजदेखि सार्वजनिक सवारीसाधनको टिकट काट्न पाउने भएका छन् ।

दशैंसम्म सञ्चालन हुने सवारीसाधनको टिकट अग्रिम बुकिङ आजदेखि खुल्दैछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफलमा टिकट बुकिङ खोल्ने भएको भएको थियो ।

हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा राजधानी काठमाडौंबाट लाखौं यात्रु विभिन्न जिल्लाका लागि बाहिरिने गरेका छन् ।

सम्बन्धित
Loading...