काठमाडौं । संविधान दिवसमा कैदीलाई फाइदा पुग्ने भएको छ ।
असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जनाको कैद सजाय माफी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले सजाय माफ गरेका हुन् ।
संविधान दिवसको अवसरमा लागू हुने गरी कैद सजाय मिनाहा गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको छ ।