शिक्षक महासंघका माग पूरा गर्न सरकार तयार, वार्ताबाट अन्त्य होला संघर्ष ?

काठमाडौं । संसद्मा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासंघलाई सरकारले वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा सहभागी हुन महासंघलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा असोज ३ गते संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरिएको छ । वार्ता शिक्षामन्त्रीको संयोजकत्वमा हुने जनाइएको छ ।

महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रूपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा रहेका शिक्षकहरूले सरकारसँगको वार्ताबाट संघर्षको अन्त्य गर्लान् ? भोलिको वार्तापछि तय होला ।

सम्बन्धित
Loading...