काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीसँगै जारी लकडाउनका कारण प्रभावित भएको ११ कक्षाको परीक्षा विद्यालयमै सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ स्वीकृत गरेको छ ।
कार्यविधिले ११ कक्षाको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी विद्यार्थी अध्ययनरत विद्यालयलाई नै दिएको छ । यसअघि बोर्डले परीक्षा सञ्चालन गर्ने गरेको थियो ।
कार्यविधिमा परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नतिजामा चित्त नबुझेमा पुनर्योग गर्दा अपनाउनुपर्ने विधिबारे स्पष्ट पारिएको छ ।
कार्यविधि अनुसार ११ कक्षामा अध्ययन गर्दा कक्षामा ७० प्रतिशत हाजिर भएका विद्यार्थीले मात्रै परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा सञ्चालनको मिति र परीक्षा तालिका भने परीक्षा बोर्डको सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्ने कार्यविधिमा उल्लेख छ ।
परीक्षा सञ्चालन र मूल्यांकनका क्रममा प्रयोग भएका प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा बोर्डले तोकेको पाठ्यक्रमको ढाँचा अनुसार हुनुपर्ने कार्यविधिमा उल्लेख छ । मूल्यांकन सामग्री बोर्डले मागेको अवस्थामा सम्बन्धित विद्यालयले उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
सम्बन्धित विद्यालयका प्रधानाध्यापकको संयाजकत्वमा ३ सदस्यीय समिति रहने छ । जसमा सम्बन्धित कक्षा शिक्षक र प्रधानाध्यापकबाट मनोनित अर्का १ जना शिक्षक समेत सदस्य रहने व्यवस्था छ । १२ कक्षाको अध्ययनका लागि विद्यार्थीले हरेक विषयको सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ सी ग्रेड ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ ।
[wp-embedder-pack width=”100%” height=”700px” download=”all” download-text=”” attachment_id=”619″ /]