धनगढी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ १३ गते बुधबार धनगढी आउँदैछन् ।
समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी आउन लागेका हुन् । मोर्चाले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेअनुसार धनगढीमा बुधवार सन्देशसभा हुँदैछ ।
सभामा समाजवादी मोर्चाका शीर्ष नेताहरूको उपस्थिति रहने नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए ।
धनगढीको ओम प्यालेसमा बुधबार दिउँसो १ बजे हुने सभामा सहभागी हुन कार्यालय सचिव भट्टराईले आग्रह गरेका छन् । सभामा कैलाली–कञ्चनपुर जिल्लास्थित पार्टी पालिका समिति पदाधिकारीभन्दा माथिका नेताहरूलाई उपस्थितिका लागि सूचना गरिएको छ ।