माओवादीका लागि जुवाको खालबाट आउँछ प्रचण्डले भनेको समाजवाद ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले बन्दुकबाटै साम्यवाद ल्याउन खोजेको थियो तर सफल नभएपछि शान्तिप्रक्रियामा आएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद ल्याउने कुरा गर्छन् ।

तर त्यो समाजवाद कस्तो हुने ? जनताले के पाउने ? नेताले कसरी शासन गर्ने ? स्पष्ट कार्यचित्र सार्वजनिक गरिएको छैन । प्रचण्डले ल्याएको भनिएको गणतन्त्र बेहाल देखिएकै छ ।

प्रचण्डले समाजवादको कुरा गरिराख्दा उनका कार्यकर्ता जुवाको खालबाटै पक्राउ परेका छन् । रुकुम पश्चिम जिल्लामा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षसहित ५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले जुवाखालबाट पक्राउ परेको छ ।

केसीसँगै ४३ वर्षीय उत्तम खड्का, ३१ वर्षीय तोयाराम वली, ३३ वर्षीय युगल पुन र ३४ वर्षीय कमल बुढा पनि पक्राउ परेका छन् ।

पक्राउ परेका ४० वर्षीय केसी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष केसी रहेको खालबाट जुवा खेल्न प्रयोग गरिएको कौडा र १ लाख ८ हजार २९० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।

मुसिकोट नगरपालिका–१ मठस्थित उत्तम खड्काको घरमा राति साढे ११ बजे छापा हान्दा वडाध्यक्ष केसीसहित ५ जना जुवाको खालबाट पक्राउ परेको डीएसपी श्रेष्ठले बताए ।

सम्बन्धित
Loading...