नेताको उपचार नेपालमै किन हुन सक्दैन ? प्रचण्डले पठाए जन्डिस बिरामी वर्षमानलाई बैंकक

काठमाडौं – आर्थिक अवस्था कमजोर भएका गरीब नेपालीले स्वदेशकै अस्पतालमा पनि उपचार पाउँदैनन् तर नेताहरू उपचारका लागि देशविदेश धाउने गर्छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री जन्डिस बिरामी भएपछि उपचारका लागि बैंकक गएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई बैंकक गएर राम्ररी उपचार गर्न भनेका थिए ।

नेता पुनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती समेत बैंकक गएकी छन् । पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार शुरु गरिएको थियो । जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि बैंकक लगिएको छ ।

जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएपछि रेफर गरिएको थियो । यसअघि २०७२ सालमा पनि उनले बैंककमा उपचार गराएका थिए ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्ड लगायतका नेताको सल्लाहपछि थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रूपमा संक्रमण भएको जन्डिसले दुःख दिने गरेको छ ।

सम्बन्धित
Loading...