कार्यदलको नेतृत्व पाएलगत्तै भीम रावलको यस्तो कदम, एमालेमा सहमति जुट्ला ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि आफ्नो नेतृत्वमा कार्यदल गठन भएपछि उपाध्यक्ष भीम रावलले कदम अगाडि बढाएका छन् ।

पार्टी उपाध्यक्ष तथा कार्यदल संयोजक भीम रावलले १० बुँदे सहमति कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएका छन् ।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले रावलको नेतृत्वमा कार्यदल बनाएको थियो । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयनमा उदासिनता देखाएको भन्दै रावल लगायत नेताहरू असन्तुष्ट थिए ।

संयोजक रावलले आज मंगलवार बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यदलको बैठक बोलाएका छन् ।

यसअघि नै बनेको कार्यदललाई स्थायी कमिटी बैठकले थप जिम्मेवारी तोक्दै विस्तार गरेको छ । बैठकले कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरललाई थपेको छ ।

कार्यदललमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट समावेश छन् ।

एमालेमा विवाद चर्किएका बेला गत असार २७ गते १० बुँदे सहमति भएको थियो । असोज १० गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकमा समेत १० बुँदेको विषय उठेको थियो ।

सम्बन्धित
Loading...