राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण

काठमाडौं – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबारे विवादित बयान दिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जालमा ट्विट गर्दै ट्रम्पले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

उहाँले आफू क्वारेन्टाइनमा बसेको र यथाशीघ्र निको हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ट्रम्पले समेत परीक्षण गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित
Loading...