कसको पहलमा बढ्यो पेट्रोल डिजलको रेट ?

धनगढी । नेपालमा ‘पहलबहादुरहरू’को खुबै चर्चा हुन्छ । सामाजिक सञ्जालमा फलानाको पहलमा यस्तो भयो, फलानाको पहलमा उस्तो भयो भनेर पढ्न पाइन्छ ।

इन्धनको मूल्य घट्दाखेरी सत्तारुढ दलका नेता, कार्यकर्ताले सरकारको निर्देशन र पहलमा मूल्य घटेको भनेर श्रेय लिन खोज्छन् तर त्यही इन्धनको मूल्य बढ्दा चाहिँ श्रेय लिने कोही भेटिँदैनन् ।

बिहीबार नेपाल आयल नियमले मूल्यवृद्धिको प्रेस विज्ञप्ति जारी गरेपछि पहलबहादुरको खोजी शुरू भएको छ । सामाजिक सञ्जाल फेसबूकमा घनश्याम भट्टले लेखेका छन्, ‘पेट्रोल डिजलको रेट कसको पहलमा बढिरहेको रहेछ ?’

विज्ञप्तिअनुसार खाना पकाउने ग्यासको मूल्य ह्यात्तै बढेको छ । नेपाल आयल निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको छ ।

भारतीय आयल निगमले आज बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६.४५ रुपैयाँ बढेर आएकाले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको छ । निगमले मूल्य बढाएसँगै आज बिहीबार रातिदेखि १ सिलिन्डर ग्यास किन्न उपभोक्ताले १ हजार ८९५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँ रहेको थियो ।

यससँगै पेट्रोल र डिजेलको मूल्य पनि बढेको छ । हेर्नुहोस् नयाँ मूल्य विवरण –

सम्बन्धित
Loading...