धनगढी । लामो समयदेखिको महसुल नबुझाएको भन्दै नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले मालपोत र नापी कार्यालयसहित ७ सरकारी कार्यालयको लाइन काटेको छ ।
धनगढी वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दा समेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न थालेको छ ।
प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम १ करोड ५३ लाख ४९ हजार ३६५ रहेको वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोयलले जानकारी दिए ।
विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका जनाइएको छ ।