धनगढी । कैलालीको धनगढीमा आज मंगलबारदेखि विद्युत अवरुद्ध भएको छ ।
मंगलबार बिहान ६ बजेदेखि ११ बजेसम्म ५ दिन विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।
क्षेत्रीय शहरी विकास आयोजनाबाट निर्माणाधीन कैलाली पुलदेखि चौराहासम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत् अवरुद्ध हुने जनाइएको छ ।