ओली सरकारको निर्णयमा अदालतको ‘ब्रेक’, ‘तत्काल काममा नलगाउनू’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णयमा अदालतले ‘ब्रेक’ लगाएको छ ।

उच्च अदालत पाटनले बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई आगामी आइतवारसम्म काममा नलगाउन भनी सरकारका नाममा आदेश जारी गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आगामी आइतवार दुवै पक्षलाई छलफलका लागि झिकाउने र त्यतिञ्जेलसम्म भट्टको नियुक्तिको निर्णय यथास्थितिमा राख्नू भनी आदेश दिएको छ ।

सीईओ हुन भट्टको योग्यता नपुग्ने भन्दै उच्च अदालत पाटनमा रिट परेको थियो । रिटको सुनुवाइ गर्दै अदालतले मंगलवार आदेश दिएको छ ।

सम्बन्धित
Loading...