धनगढीमा घरको ५ तला माथिबाट हाम फालेर मृत्यु भएको घटना छानबिन गर्दै प्रहरी

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित घरको ५ तला माथिबाट हाम फालेको घटनामा छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

स्थानीय ५३ वर्षीय सन्तोष अग्रवालले बुधबार बिहान अन्दाजी ११ः२० बजेतिर आफ्नै घरको ५ तला माथिबाट हाम फालेका थिए ।

गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...