चिसो नघटेपछि विद्यालयमा ३ दिन स्थानीय बिदा (सूचनासहित)
धनगढी । अत्याधिक चिसोका कारण विद्यालयको पठनपाठनका साथै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने देखिएकाले कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयमा ३ दिन स्थानीय बिदा दिएको छ ।
आईतबार नगर प्रमुख स्तरीय निर्णयबाट स्थानीय बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर केसीले जानकारी दिए ।
यसअघि समेत कृष्णपुरमा चिसो बिदा दिइएको थियो । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।