काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान् गौतम बुद्धलाई ‘महान् भारतीय’ भनेर दिनुभएको विवादित बयानलाई विदेश मन्त्रालयले सच्याएको छ ।
मन्त्री जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा आएको स्पष्टीकरण दिँदै मन्त्रालयले बुद्ध नेपालको लुम्बिनीमा नै जन्मिनुभएको स्पष्ट पारेको छ ।
भारतीय विदेश मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिनुभएको हो, जुन नेपालमा पर्छ ।’
यसअघि मन्त्री जयशंकरले एक सम्मेलनमा बुद्ध महान् भारतीय भएको अभिव्यक्ति दिनुभएको थियो । त्यसमा आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मिनुभएको थुप्रै प्रमाण रहेका जनाएको थियो ।
यस्तो छ भारतीय विदेश मन्त्रालयले वेबसाइटमा राखेको विज्ञप्ति –
