भगवान् गौतम बुद्धलाई ‘महान् भारतीय’ भनेर भ्रम फैलाएपछि नेपालले पेश गर्‍यो यी तथ्य

काठमाडौं । भारत सरकारले सिद्धार्थ गौतम बुद्धबारे भ्रम फैलाउने काम गरेपछि नेपाल सरकारले त्यसलाई खण्डन गर्दै स्पष्ट जवाफ दिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान् भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया जनाउँदै भगवान् गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको स्पष्ट पारेको हो ।

बुद्धको जन्मभूमि नेपाल रहेकोबारे विश्व नै जानकार रहेको जनाउँदै परराष्ट्र मन्त्रालयले ऐतिहासिक र पुरातात्विक प्रमाणहरूद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य अनुसार भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मिनुभएको जनाएको छ । बुद्धको जन्मस्थल तथा बुद्ध धर्मको प्रादुर्भाव भएको स्थान लुम्बिनी युनेस्कोको विश्व सम्पदासूचीमा सूचीकृत रहेको मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली संसदमा बोल्दै नेपाल बुद्धको जन्मस्थान भएको बताइसक्नुभएको अवस्थामा विदेशमन्त्री एस जयशंकरले विवादित बयान दिनुभएको छ । भारतीय पक्षबाट पटक–पटक बुद्धको जन्मस्थानबारे विवाद सिर्जना गर्ने प्रयास हुँदै आएको छ ।

यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ति

सम्बन्धित
Loading...