कैलाली जिल्लाको सीडीओमा मिश्रको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा धर्मेन्द्र कुमार मिश्र सरुवा भएर आएका छन् ।

गृह मन्त्रालयले शुक्रबार कैलालीका सीडीओ युवराज कटेललाई मन्त्रालय पठाएर मिश्रलाई सीडीओको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले शुक्रबार १६ सीडीओसहित २५ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बन्धुप्रसाद बास्तोलालाई झापा, नारायणप्रसाद सापकोटालाई भोजपुर, शंकरहरि आचार्यलाई सुर्खेत र हरिप्रसाद घिमिरेलाई उदयपुरको सीडीओमा सरुवा गरेको छ ।

मन्त्रालयले जनार्दन गौतमलाई तनहुँ, वीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हिरालाल रेग्मीलाई रौतहट, दिनेश सागर भुसाललाई पर्सा, विश्वप्रकाश अर्याललाई कपिलवस्तु र सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा, शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

सहसचिव आनन्द काफ्लेलाई पाल्पा, प्रेम प्रसाद भट्टराईलाई मोरङ, भोला दाहाललाई गोरखा, नारायणप्रसाद अर्याललाई प्युठान, भरत खनाललाई सिन्धुली, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयले झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सीडीओमा सरुवा गरेको छ ।

हेर्नुहोस् सरुवा सूची –

सम्बन्धित
Loading...