आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

सोमबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले वर्षा र हिमपातसँगै देशभरको तापक्रम घटेर हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित
Loading...