काठमाडौं महानगरभित्रका यी ३ सडक ‘वन–वे’ बनाइयो, कहिलेदेखि हुन्छ लागू ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ वटा सडक खण्डलाई एकतर्फी (वान–वे) बनाएको छ ।

२०८० कात्तिक १ गतेदेखि लागू हुने गरी ती सडकहरूलाई एकतर्फी बनाइएको महानगरले शनिबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल–सेतोपुल–मिलन मार्गतर्फ जान मात्र पाउने, वडा नम्बर–२८ पुतली सडक, मूल सडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउने र वडा नम्बर १ र २८ मा पर्ने दरबारमार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमलपोखरी) सम्म जान मात्र पाउने गरी निर्णय गरिएको छ ।

पढ्नुहोस् सूचना –

सम्बन्धित
Loading...