अब कृष्णपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो कृष्णपुर’ पढाउने

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो कृष्णपुर’ पठनपाठन गर्ने भएको छ ।

नगरपालिकामा आयोजित कार्यक्रमबीच नगर प्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले कृष्णपुर नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक ‘हाम्रो कृष्णपुर’ हस्तान्तरण गरेका छन् ।

स्थानीय पाठ्यक्रम ‘हाम्रो कृष्णपुर’ १०० पूर्णांक रहने गरी १ देखि ८ कक्षासम्मका विद्यार्थीले अनिवार्य पढ्नुपर्नेछ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिकाबारे राम्रोसँग जान्न र बुझ्न ‘हाम्रो कृष्णपुर’ पुस्तकले थप टेवा पुग्ने बताए ।

नगर प्रमुख हेमराज ओझाले ‘हाम्रो कृष्णपुर’ पुस्तक तयार गर्न सामुदायिक विद्यालयका थुप्रै शिक्षक र कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुदत्त भट्टको अत्यन्तै ठूलो भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित
Loading...