महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदीबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, माटो संकलनमा रोक लगाएको छ ।
नगर प्रमुख (मेयर) पदम बोगटी नेतृत्वको नगरपालिकाले समयमै ठेक्का प्रक्रिया अगाडि बढाउन नसकेको भन्दै आलोचना भएपछि नगरपालिकाले नदीजन्य पदार्थ संकलनमा रोक लगाएको छ । ठेक्का प्रतिस्पर्धाबाट रोयल्टी संकलन नगरी नगरपालिकाले महिनौंदेखि अमानतमा राजस्व संकलन गर्दै आएको थियो ।
नगर कार्यपालिका सदस्य तथा वडाध्यक्ष पदमराज अवस्थीले सार्वजनिक रूपमै आलोचना गरेपछि नगरपालिका झस्किएको छ । यससँगै नगरपालिकाले नदीजन्य पदार्थ संकलन पनि गर्न नदिने र अमानतमा राजस्व संकलन पनि नगर्ने भएको छ ।
मंगलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले सूचना प्रकाशित गर्दै ईआईए अध्ययनको क्रममा रहेकाले हाललाई संकलनमा रोक लगाइएको जनाएका छन् ।
भीमदत्तमा ‘ठूलो भ्रष्टाचार’ ! कांग्रेसकै कार्यपालिका सदस्यबाट बाहिरियो तथ्य