धनगढीका ३ अस्पतालमा प्रशासनको आकस्मिक अनुगमन, २ अस्पताल बन्द गर्न निर्देशन

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले मंगलबार धनगढीका ३ निजी अस्पतालमा आकस्मिक अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले धनगढीका ३ अस्पतालमा अनुगमन गरेको हो ।

धनगढीको स्वस्तिक अस्पताल, संजिवनी अस्पताल र सौभाग्य अस्पतालमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । स्वस्तिक अस्पताल र संजिवनी अस्पताल दर्ता बिना चलाइरहेको पाइएकाले बन्द गर्न निर्देशन दिइएको छ ।

सौभाग्य अस्पताल दर्ता भएर सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । स्वस्तिक अस्पताल र संजिवनी अस्पतालको फार्मेसी समेत बन्द गरिएको छ ।

सम्बन्धित
Loading...