सुदूरपश्चिममा समाजवादी मोर्चाको सन्देश सभाको नयाँ मिति तोकियो, भदौ २६ गते हुने

धनगढी । समाजवादी मोर्चाले सुदूरपश्चिमस्तरीय सन्देश सभा भदौ २६ गते धनगढीमा गर्ने भएको छ ।

यसअघि निर्धारित सन्देश सभा अन्तिम समयमा स्थगित भएको थियो ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले सामाजिक सञ्जालमार्फत सन्देश सभा हुनेबारे जानकारी दिइन् ।

सन्देश सभा धनगढीको सौराई पार्टी प्यालेसमा दिउँसो १२ बजे हुनेछ ।

समाजवादी मोर्चा नेपालको आयोजना र नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा सन्देश सभा आयोजना गरिएको जनाइएको छ । सभालाई मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित
Loading...