मेयर हर्क साम्पाङ खुशीले गदगद् : ‘मलाई आज पूरै दक्षिण एसियाले चिन्यो’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हिन्दूवादीको र्‍याली र प्रदर्शनका कारण आफूलाई पूरै दक्षिण एसियाले चिनेकोमा खुशीले गदगद् भएको बताएका छन् ।

शनिवार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै साम्पाङले आफू हिन्दू धर्मको विरोधी नभएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘हिजोसम्म मलाई नेपालकाहरूले मात्रै चिन्दथे ! आज पूरै दक्षिण एसियाले चिन्ने गरी ‘हर्क साम्पाङ मुर्दावाद’ भनेको देखें सुनें ! खुशीले गदगद् बनें म ! कमसेकम मेरो नामसम्म त सबैले लिए । वास्तवमा म हिन्दू धर्मको विरोधी हुँदै होइन, सबै धर्मलाई सम्मान गर्ने प्रकृति पुजक हुँ म ! एक दिन हर्क साम्पाङ जिन्दावादको नारा पनि लाग्नेछ । म ढुक्क छु !’

धरानमा गोरु काटेर भोज गरेको विरोधमा हिन्दूवादीले र्‍याली गर्न खोज्दा स्थानीय प्रशासनले निषेधादेश जारी गरेको थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार हिन्दूवादीले शनिवार धरान बाहिरका क्षेत्रमा प्रदर्शन गरेका छन् ।

सम्बन्धित
Loading...