काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्दिर अगाडि चर्च किन बनाएको भनेर भत्काउन कसरी जाने भनेर प्रश्न गरेका छन् ।
शनिबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै उनले चर्चमा पनि मान्छेको आस्था रहेको जनाएका छन् ।
मेयर साम्पाङले गोरु काटेको कुरामा आफ्नो कुनै संलग्नता नभएको बताए । सामाजिक सञ्जाल ट्विटरमा लेखेर मेयर साम्पाङले कानून विपरीत भए अनुसन्धान गर्न सहयोग गर्ने बताए ।
ट्विटरमा उनले लेखेका छन्, ‘मन्दिरको अगाडि चर्च बनायो भनेर आलोचना गर्नुभो, चर्चमा पनि मान्छेको आस्था छ अब मैले किन बनाएको भनेर डोजर लिएर भत्काउन कसरी जानु ? फेरि गोरु काटेको कुरा, त्यहाँ मेरो कुनै संलग्न छैन र कानून विपरीत भए अनुसन्धान गर्न मैले पनि सहयोग गर्छु भनेको छु । धर्मको आडमा राजनीति कसैले नगर्नुहोला !’
धरानमा गोरु काटेर भोज गर्ने व्यक्तिहरूलाई कारवाही नभएको भन्दै हिन्दू धर्मावलम्बीले शनिवार सद्भाव र्याली गरिरहेका छन् ।