धनगढी । नेकपा एमालेका नेता भीम रावलले कोशी प्रदेशमा विश्वासको मत लिँदा देखिएको विवादमा प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता रावलले राजनीतिक नैतिकता विरोधी खेल भएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘निहित सत्ता स्वार्थको लागि कोशी प्रदेश सभामा संविधान र राजनीतिक नैतिकता विरोधी निकृष्ट खेल ! यस्तै गर्नलाई हो संघीयता र प्रदेशको रचना ?’
मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत पुर्याउन सभाध्यक्ष समेतले मतदान गरी विश्वासको मत प्राप्त भएको घोषणा गरिएको थियो ।