धरान उपमहानगरमा आज मध्यरातिसम्म कर्फ्यू

काठमाडौं । हिन्दू धर्मावलम्बीले र्‍याली आयोजना गर्न खोजेपछि द्वन्द्व हुनसक्ने देखेर जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकामा गरेको कर्फ्यू आदेश आज शनिवार मध्यरातिसम्म कायम रहनेछ ।

गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दू धर्मावलम्बीले शनिवार विरोध र्‍याली गर्न खोजेका थिए । प्रशासनले शुक्रवार निषेधादेश जारी गर्दै कर्फ्यू लगाएको हो ।

धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यलयले जनाएको छ । शुक्रवार मध्यराति १२ बजेदेखि शनिवार राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छन् ।

कर्फ्यूका बेला अत्यावश्यक बाहेक कुनै पनि धार्मिक, सामाजिक, राजनैतिक सभा तथा र्‍याली गर्न नपाइने भनिएको छ । शनिबार बिहानसम्म निषेधाज्ञा पूर्ण रूपमा पालना भएको र सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।

सम्बन्धित
Loading...