रेशम चौधरीको चेतावनी – लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक र सदनबाट आन्दोलन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कैलालीको टीकापुर घटना सम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी फैसलाको पूर्ण फैसला सार्वजनिक गर्दै चौधरीको संलग्नतामा घटना भएको ठहर गरेपछि उनले प्रारम्भिक टिप्पणी गरेका हुन् ।

चौधरीले आफूहरूभित्र रहेका गद्धार चिनिसकेको बताउँदै समय आएपछि सबै प्रकारको सामना गर्न तयार रहेको प्रष्ट पारेका छन् ।

उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारका साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं । सबैकुरा मैले बोल्नैपर्छ भन्ने छैन, अन्तरंग सबै कुराले हामीमाथिको व्यवहार पुष्टि गर्छ । हामीले सबै कुरा सह्यौं, सहिराखेका छौं तर कहिलेसम्म सहने ? हाम्रो बिशुद्ध राजनीति आन्दोलनमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन । हामीले हामीभित्रका गद्दार चिनेका छौं तर मुख खोलेका छैनौं, यसको मतलब यो होइन कि हामी अन्जान छौं । समय आए सबै प्रकारको सामना गरिन्छ ।’

टीकापुर घटनामा चौधरी नै मुख्य दोषी ठहर भएको जनाउँदै अदालतले राष्ट्रपतिबाट माफी पाएको विषयमा पनि प्रश्न गरेको छ ।

सम्बन्धित
Loading...