काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको वार्षिक परीक्षा मंसिर ९ गतेदेखि गर्ने गरी समयतालिका प्रकाशन गरेको छ ।
बुधबार प्रकाशित समयतालिका अनुसार वार्षिक परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।
यसअघि बैशाख ८ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको थियो ।
यस्तो छ परीक्षाको समयतालिका