महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति (सीएफसीसी) वाणीले डिभिजन वन कार्यालय कञ्चनपुरका नयाँ डिभिजन वन अधिकृत (डीएफओ) भीमप्रसाद कंडेललाई स्वागत गरेको छ ।
सीएफसीसीका अध्यक्ष महेशदत्त जोशीले अध्यक्षतामा भएको स्वागत कार्यक्रममा पदाधिकारी र सामुदायिक वनका अध्यक्ष र सचिवहरूको उपस्थिति थियो ।
स्वागत कार्यक्रममा आयोजित अन्तक्र्रियामा सामुदायिक वनका समस्याका विषयमा छलफल गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।
डीएफओहरूको सरुवाका क्रममा कंडेल हालै कञ्चनपुर सरुवा भई आएका छन् । उनी बैतडीबाट सरुवा भएर आएका हुन् ।
