नेकपामा मच्चियो मारामार : पूर्व माओवादी मुख्यमन्त्रीबाट पूर्व एमाले सांसदलाई पदमुक्त गर्दै कारवाही

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रदेशसभा पदमा अविश्वासको प्रस्ताव आएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मारामार सुरु भएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नमा लाग्नुभएका कर्णालीको नेकपा प्रदेशसभा दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गर्दै कारवाही गरिएको हो ।

प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री शाहीले सोमबार पूर्व एमालेबाट निर्वाचित प्रमुख सचेतक शाहलाई हटाएर पूर्व माओवादी सांसद सीता नेपालीलाई नियुक्ति गरिएको छ ।

सरकारको काम प्रभावकारी नभएको भन्दै पूर्व एमालेतिरका अधिकांश सांसदले मुख्यमन्त्री शाहीविरुद्ध आईतबार हस्ताक्षर संकलन गरेका थिए । मुख्यमन्त्री शाहीले आफूले नियुक्त गरेको पदमा असन्तोषजनक काम नगरेको आरोप लगाउँदै शाहलाई कारवाही गर्नुभएको छ ।

यस्तो छ पूर्व एमाले सांसदलाई पदमुक्त गरिएको पत्र –

यस्तो छ पूर्व माओवादी सांसदलाई नियुक्त गरिएको पत्र –

कर्णाली प्रदेशको राजनीतिमा देखिएको घमासानपछि काठमाडौंमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । तर भेटवार्ता हुँदा गर्दा पूर्व माओवादी खेमाका मुख्यमन्त्रीले पूर्व एमाले सांसदलाई कारवाही गर्नुभएको छ ।

सम्बन्धित
Loading...