काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएपछि लोडसेडिङ बढेको भनेर सर्वसाधारणमा असन्तुष्टि बढेका बेला प्राधिकरणको धादिङ वितरण केन्द्रले भोलि शनिवार दिनभर विद्युत् सेवा अवरुद्ध हुने सूचना जारी गरेको छ ।
विद्यत् लाइन नजिक रहेका रुखका हाँगाबिगा काट्नुपर्ने भन्दै प्राधिकरणको धादिङ वितरण केन्द्रले बिहान ८ बजेदेखि साँझ ५ः३० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
सूचनामा भनिएको छ, ‘मिति २०७७/०६/१७ गते शनिबारका दिन देविघाट–धादिङ, तारुकाघाट–जहरे, धादिङ–सल्यानटार ३३ केभी लाइन नजिक रहेका रुखका हाँगाबिगा काट्ने कार्य भएकाले बिहान ८ बजेदेखि साँझ ५ः३० बजेसम्म धादिङ जिल्लाको जहरे सबस्टेसन, धादिङ सबस्टेसन र सल्यानटार सबस्टेसनबाट वितरण गरिएको विद्युत् सेवा अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ । उपरोक्त कार्य चाँडै सम्पन्न भएमा विद्युत् सेवा तोकिएको समय अगावै पनि सुचारु गर्न सकिने छ । विद्युत् आपूर्ति बन्दको कारण हुन गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्र क्षमाप्रार्थी छ ।’
हेर्नुहोस् प्राधिकरणको सूचना –