सामुदायिक विद्यालयकी छात्रा नितिकाले ल्याइन् एसईईमा ४ जीपीए

अत्तरिया । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा कैलालीको अत्तरियाको सामुदायिक विद्यालय दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयकी छात्रा नितिका अवस्थीले ४ जीपीए ल्याएकी छन् ।

गोदावरी नगरपालिका–४ वसन्तपुर निवासी अवस्थीले ४ जीपीए ल्याएर कीर्तिमान बनाएकी छन् । केहीअघि उनी कविता प्रतियोगितामा पनि प्रथम भएकी थिइन् ।

Loading...