महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१५ गोवरैयामा भरुवा बन्दुक फेला परेको छ ।
गोवरैयाको राधाकृष्ण टोलस्थित फोहर नाला खन्ने क्रममा माटोभित्र खिया लागेको अवस्थामा भरुवा बन्दुक फेला परेको हो ।
बन्दुक सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।