पोर्चुगलमा मासिक डेढ लाख तलब हुने प्रलोभनमा पारेर १७ लाख ठगी गर्ने १ जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाई रोजगारी गर्दा मासिक डेढ लाख तलब हुने प्रलोभनमा पारेर १७ लाख ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै १७ लाख ६० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले २ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...