स्थायी शिक्षकका लागि निम्न मावि तहको विज्ञापन खुल्यो (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका स्थायी शिक्षकका लागि निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ ।

आज बुधबार सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ ।

आज बुधबारैदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टलमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

हेर्नुहोस् सूचना –

सम्बन्धित
Loading...