आज वसन्त पञ्चमीमा सरस्वती माताको पूजाआराधना गरिँदै

धनगढी । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिन आज बुधबार देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वती माताको पूजा आराधना गरी मनाइँदैछ ।

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गरेका छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आज सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने जनविश्वास छ ।

बुधबार विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

देशैभरका सरस्वती मन्दिरमा आज बुधबार दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

Loading...