काठमाडौं । प्रहरीले भोजपुर र हुम्लामा भएका छुट्टाछुट्टै जबरजस्ती करणीका घटनामा २ जनालाई पक्राउ गरेको छ ।
भोजपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका–१२ टक्सार बस्ने ३३ वर्षीय बलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते स्थानीय सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यसैगरी, हुम्लामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदानचुली गाउँपालिका–३ गोरपाली बस्ने २० वर्षीय हर्क बुमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुमीले ती महिलालाई अदानचुली गाउँपालिका–४ स्थित रिल्मा वनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।