धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट प्रहरीले भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य २० हजार १९० रुपैयाँ बराबरको चिनी, मिठाई, खेलौना, अचार, सलाई, साबुन लगायतका सामानहरू बरामद गरिएको छ ।
धनगढी–३ ब्यारेल नजिकबाट अन्दाजी मूल्य १७ हजार ३७० रुपैयाँ बराबरको प्याज, सरप, बेसन, नरिवल चकलेट, चप्पल लगायतका सामानहरू प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
दार्चुलाको महाकाली नगरपालिका–४ बसपार्कमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १ लाख ९८ हजार बराबरको चामलसहित ट्रयाक्टर र चालक दुहुँ गाउँपालिका–१ खर्रा बस्ने उपेन्द्रसिंह धामीलाई प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।