धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले ज्यानको धम्की दिएको भन्दै शान्ति सुरक्षाका लागि प्रहरीमा उजुरी परेको जानकारी दिए । बोहराले साउँदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको आरोप छ ।
मन्त्री साउँदले आफूले सापटी नलिएको र धम्की पनि नदिएको प्रतिक्रिया दिएका छन् ।